नियम १३ग
इजाजतपत्रवालाले अन्तशुल्क विवरण पेश गर्नु पर्ने
अन्तशुल्क उठाइ बुझाउनु पर्ने दायित्व भएका इजाजतपत्रवालाले विक्रम संवत् अनुसारको एक महिनाको अन्तशुल्कको  विवरण सो महिना समाप्त भएको मितिले २५ दिनभित्र सूर्तिजन्य पदार्थ बाहेक स्वयं निष्काशन प्रणाली अन्तर्गतका प्रतिष्ठानले अनुसूची-४ङ. बमोजिमको ढाँचामा र सूर्तिजन्य पदार्थ र भौतिक नियन्त्रण प्रणाली अन्तर्गतका प्रतिष्ठानले अनुसूची-४च. बमोजिमको ढाँचामा सम्बन्धित अन्तशुल्क अधिकृत समक्ष पेश गर्नु पर्नेछ ।